धनगढी। धनगढीको मोहना नदीमा डुवेर दुई बालकको मृत्यु भएको छ। मोहना नदीको चटकपुर-राजघाट जोड्ने पक्की पुलको मुनि पौडी खेलिरहेका बेला डुवेर दुई बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले धनगढी उपमहानगरपालीका ३ का १० वर्षीय अनुप चौधरी र सोही ठाउँका १२ वर्षीय विष्णु गुप्ताको डुवेर मृत्यु भएको बताए । उनीहरु चटकपुर राजघाट जोड्ने पक्कीपुलमुनि नुहाइरहेका बेला दुवै जना नदीमा डुवेका थिए। डिएसपी बेदप्रकाश जोशीले अहिले प्रहरीले थप अनुसन्धान गरिएको बताएका छन् ।


