धनगढी। कैलालीको टिकापुरमा अपांगता भएका ५ सय ७७ जना नागरिकलाई घर दैलोमा नै खोप सेवा दिइएको छ।
कर्डएड , लुथरन बिश्व फेडरेसन नेपाल, दिगो बिकास समाज भजनी र सर्वाङिण अपांगता बिकास समाज नेपालको सयुक्त साझेदारी, टिकापुर नगरपालिका स्वास्थ्य शाखा, महिला बालबालिका तथा समाज कल्याण उप शाखाको समन्वयमा पुर्ण अशक्त र अति अशक्त अपांगता भएका नागरिकहरुको घर दैलोमा नै गई कोरोना विरुद्धको खोप, अभियान तथा सहायक सामग्री नापजाँच गरिएको हो।
टिकापुर नगरपालिकाका ९ वडामा सफलता पुर्वक सम्पन्न गरि महिला २ सय ५२ र पुरुष ३ सय २५ जना गरी ५७७ जनालाई सेवा दिएको उक्त कार्यक्रमका प्राबिधिक सहजकर्ता नन्दराज भट्टले जानकारी दिए। पुर्ण अपांगता भएका ६१ जना, अति अशक्त अपांगता भएका २ सय ३२ जना, मध्यम अपांगता भएका १ सय २२ जना, सामान्य अपांगता भएका १ सय १८ जनालाई कोरोना विरुद्धको खोप अभियान तथा सहायक सामग्री नापजाँच गरिएको हो।
५ दिन ९ वडामा निरन्तर अभियान संचालन भइ अपांगता भएका नागरिक, एकल महिला र जेष्ठ नागरिक लाभान्वित हुने उनले बताए । उक्त खोप अभियानको मिति २०७८ कात्तिक २६ गतेका दिन टीकापुर नगरपालिका कार्यालयका महिला बालबालिका तथा समाज कल्याण उप शाखा प्रमुख संगीता शाह, अस्तुर्नी चौधरी, स्वास्थ्य शाखा खोप बिभाग प्रमुख धर्म देव बटला र सर्वाङिण अपांगता बिकास समाज नेपालका कार्यकारी निर्देशक नन्दराज भट्टद्वारा सुरुवात गरिएको थियो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमन सिंह चौधरीले यो कार्यक्रम नेपालकै लागि नमूना रहेको जानकारी दिए । यसरी कार्यक्रमलाई टिकापुर नगरपालिकामा ल्याउनुहुने सस्थालाइ हार्दिक धन्यवाद दिए । साथै नगरपालिकाको तर्फबाट यस्तो महान तथा अनुक्रणिय कार्यक्रम गर्ने संघ सस्थाहरुको लागी नगरपालिका परिवार सधैं तत्पर र सह्योगी भुमिकामा रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।