धनगढी। धनगढीको सेती प्रादेशिक अस्पतालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा ५८ जनाको नमुना परिक्षण गरिएकोमा पिसीआर परीक्षणमा ६ जनामा संक्रमण पुष्टी भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
सूचना अधिकारी श्रेष्ठका अनुसार हालसम्म अस्पतालमा कोरोना उपचाररत संक्रमितको संख्या ६ पुगेको छ। यस्तै, पछिल्लो २४ घण्टामा एक जना निको भई घर फकिएकोमा एक जना संक्रमित उपचारकालागी अस्पताल भर्ना भएका छन् । २ जनाको आईसियु र १ जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको उनले जानकारी दिए ।