धनगढी। गौरीफन्टा नाकामा एक पुरुषको मृत्यु भएको छ। कैलाली–कञ्चनपुर र भारतसंग जोडिएको गौरीफन्टा नाकामा एक नेपालीको नागरिकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
कञ्चनपुरको बेदकोट नगरपालिका २ रौतेलीका ५५ वर्षीय रामदिन रानाको नाकामै मृत्यु भएको हो। प्रहरीका अनुसार वनगाउँबाट आफन्त भेटेर आएका उनी नाकामा आफन्तसंग कुरा गरिरहेकै बेला बेहोस भनेर ढलेका थिए।
कुरा गर्दागर्दै ढलेर बेहोस भएपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। रानाको शव अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे आफन्तलाई खबर गरिएको प्रहरीले जनाएको छ। यस्तै एक दुई दिन अघि कञ्चनपुरको कृष्णपुर १ का ५२ वर्षीय खडकबहादुर शाहको गौरीफन्टा नाकास्थित पिपल चौतारीमा पल्टिरहेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ।