धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका १ लाख ३० हजार ४ सय रुपैयाँ बराबरका पटाका तथा किराना सामान बरामद गरेको छ ।
बुधबार कैलालीका विभिन्न स्थानबाट ९९ हजार ६ सय रुपैयाँ बराबरका विभिन्न किसिमका पटाका प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यस्तै, कञ्चनपुरका विभिन्न स्थानबाट ३० हजार ८ सय रुपैयाँ बराबरका पटाका तथा किराना सामान बरामद गरिएको छ । ती सामान बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुर तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले सामान फेला पारेपछि आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको हो ।


