कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिका–४, कार्गिलडाँडाबाट भन्सार छली गरी भारतबाट ल्याइएका ८० हजार रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान प्रहरीले बरामद गरेको छ। शुक्रबार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा बेवारिसे अवस्थामा रहेका सामान फेला पारेको हो।
प्रहरीका अनुसार बरामद गरिएका सामानमा मखमली माला, झिलिमिली बत्ती, पटाका, रङ्गोली, सप्तरङ्गी टिका लगायतका सामग्री रहेका छन्। ती सामानको अनुमानित मूल्य ८० हजार ४८० रुपैयाँ रहेको छ। भारतबाट भन्सार छली गरी ल्याइएका ती सामान आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।


