धनगढी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नं। ५ क प्रदेश सभापति पदका लागि निरज बिष्टले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
बिष्टले कांग्रेसको विचार, लोकतान्त्रिक मूल्य–मान्यता र जनसेवाप्रतिको प्रतिबद्धतालाई आत्मसात् गर्दै पार्टीलाई थप बलियो, एकताबद्ध, जनमुखी तथा युवामैत्री बनाउन आफ्नो उम्मेदवारी अघि सारेको बताएका छन्।
उम्मेदवारी घोषणा गर्दै उनले पार्टीका अग्रजहरूको अनुभवलाई सम्मान गर्दै युवाको ऊर्जा र नयाँ पुस्ताको आवाजलाई कांग्रेसको मूलधारसँग जोड्ने आफ्नो मुख्य प्रतिबद्धता रहेको उल्लेख गरेका छन्।
पार्टी संगठनलाई थप प्रभावकारी बनाउँदै कार्यकर्ताको भावना र जनताको अपेक्षालाई केन्द्रमा राखेर अघि बढ्ने संकल्पसहित आफू चुनावी मैदानमा आएको बिष्टले बताएका छन्।
उनले आफ्नो अभियानमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको अमूल्य अभिमत, सुझाव, साथ, सहयोग र विश्वासको अपेक्षा गरेका छन्।

