धनगढी । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले असोज ३ गतेबाट हुने पार्टीको अधिवेशनमा सहभागी नहुन आग्रह गरेका छन्।
चुनदेवीमा पत्रकार सम्मेलन गर्दै इतर पक्षका १५ औँ महाधिवेशनको तयारी संयोजन समितिका संयोजक डा। शशांक कोइरालाले संस्थापनले महाधिवेशनको कुनै गतिविधिमा सहभागी हुन नेता कार्यकर्तालाई अपिल गरेका हुन्।
१४ औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले असोज १५ गतेदेखि महाधिवेशन प्रक्रिया थाल्ने बताए। उनले मंसिर २१ देखि २३ गते सम्पन्न हुने महाधिवेशनलाई सफल बनाउन लाग्न आग्रह गरे।
विधि, विधान, वैधानिकता र एकताको मार्गमा दृढतापूर्वक उभिएर पार्टीलाई पुनः सशक्त बनाउने बताए। हिजो केन्द्रीय बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले असोज ३ गतेको वडा अधिवेशनमा सहभागी भएका नेताहरूलाई केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको थियो।

