धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह राजीनामा दिने मनस्थितिमा पुगेका छन् । नेकपा एमालेले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने समयसीमा नजिकिँदै गर्दा मुख्यमन्त्री शाह राजीनामाको तयारीमा रहेको उनीनिकट स्रोतले जनाएको छ ।
एमालेले गत ३१ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । यही २८ भित्र मुख्यमन्त्रीसँग विश्वासको मत लिने वा राजीनामा दिने दुई विकल्प छन् । विश्वासको मतका लागि आवश्यक समर्थन जुट्ने सम्भावना कमजोर बनेपछि शाह राजीनामा दिने निष्कर्षमा पुगेको स्रोतको दाबी छ ।
यस विषयमा थप छलफल तथा निर्णय गर्न नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक आह्वान गरिएको छ । कांग्रेस प्रमुख सचेतक सरस्वती खड्काका अनुसार बुधबार दिउँसो २ बजे संसदीय दलको बैठक बस्नेछ ।
‘२७ गते दिउँसो २ बजे संसदीय दलको बैठक आह्वान गरिएको छ,’ प्रमुख सचेतक खड्काले भनिन्, ‘माननीय मुख्यमन्त्रीज्यूको योजनाबारे छलफल हुन्छ होला ।’
मुख्यमन्त्रीले निर्धारित समयभित्र विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने बाध्यताका बीच त्यसको अघिल्लो दिन बोलाइएको संसदीय दलको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । विश्वासको मत प्राप्त गर्ने सम्भावना नरहेपछि मुख्यमन्त्री शाहले आफू निकटका सांसदहरूसँग राजीनामाको विषयमा छलफल गरिरहेको स्रोतको भनाइ छ ।
मुख्यमन्त्रीले प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा दिने कि सोझै प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने भन्ने विषयमा समेत परामर्श गरिरहेको उनीनिकट स्रोतले जनाएको छ ।
‘संसद्मा सम्बोधन गरेर राजीनामा दिने वा सोझै प्रदेश प्रमुखलाई बुझाउने भन्ने विषयमा उहाँले परामर्श गरिरहनुभएको छ,’ स्रोतले भन्यो, ‘काठमाडौँबाट फर्किएलगत्तै उहाँले मन्त्रीहरूसँग पनि छलफल गरिरहनुभएको छ ।’
केही दिनअघि काठमाडौँ गएका मुख्यमन्त्री शाह सोमबार कैलाली फर्किएका छन् । मुख्यमन्त्री शाहले राजीनामा दिएमा सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ ।
केन्द्रमा भएको सहमतिअनुसार नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० संसदीय दलका नेता खगराज भट्टले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् ।

केन्द्रमा भएको सहमतिअनुसार नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० संसदीय दलका नेता खगराज भट्टले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् ।गएका मुख्यमन्त्री शाह सोमबार कैलाली फर्किएका छन् । मुख्यमन्त्री शाहले राजीनामा दिएमा सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ ।