धनगढी: सडक डिभिजन कार्यालय साँफेबगर, अछामले प्राविधिक त्रुटिका कारण यसअघि आह्वान गरिएको बोलपत्र रद्द गर्दै सडक मर्मत कार्यका लागि पुनः नयाँ बोलपत्र आह्वान गरेको छ । कार्यालयका अनुसार, यसअघि २०८३ साउन १३ गते सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–जीपी प्रणालीमार्फत आह्वान गरिएको बोलपत्रमा नेटवर्कको समस्याका कारण ‘एडेंडम’ र टेन्डरको पूर्ण विवरण प्रणालीमा उपलब्ध हुन नसकेको र पुनः प्राप्त गर्न समेत नसकिएकाले नयाँ प्रक्रिया सुरु गरिएको हो ।
इच्छुक योग्य नेपाली निर्माण व्यवसायीहरूले बोलपत्र सम्बन्धी कागजातहरू सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटबाट डाउनलोड गरी इलेक्ट्रोनिक माध्यमबाट आवेदन दिन सक्नेछन् ।

