कञ्चनपुर: कञ्चनपुरमा प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले भीमदत्त नगरपालिका– १८, सालघारीबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका– ३ का २० वर्षीय नितेश सिंह, सोही ठाउँका १८ वर्षीय किशोर, कृष्णपुर नगरपालिका– ६ का २० वर्षीय राजेन्द्र सिंह र कैलालीको गोदावरी नगरपालिका– १ का २० वर्षीय पारस रोकाया रहेका छन् ।
प्रहरीले १८ वर्षीय किशोरको भीमदत्त नगरपालिका– १८ मामाभान्जा चोकस्थित डेरामा खानतलासी गर्दा लुकाइछिपाइ राखेको अवस्थामा एक थान कटुवा पेस्तोल बरामद गरेको जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

