काठमाडौँ । क्यान्सर खतरनाक रोग हो । क्यान्सरका धेरै प्रकार छन् । यसका कारण हरेक वर्ष विश्वभर ठुलो सङ्ख्यामा मानिसको ज्यान गइरहेको छ । यस रोगको सबैभन्दा खतरनाक पक्ष भनेको यसको प्रारम्भिक लक्षण अदृश्य हुनु हो । यसले शरीरमा जरा गाडेको पनि थाहा हुँदैन । क्यान्सर अन्तिम चरणमा पुगेपछि प्रायः मान्छेको मृत्यु हुन्छ ।
एउटा अध्ययनले यसको जोखिम कम गर्ने सम्भावनाबारे बताएको छ । भियाग्राको प्रयोगले क्यान्सरको जोखिम कम गर्न सक्छ । यो थाहा पाउँदा तपाईंलाई अचम्म लाग्न सक्छ, तर अनुसन्धानले यस्तै सङ्केत गरेको छ । पुरुषहरूमा इरेक्टाइल डिसफङ्क्शनको उपचार गर्न प्रयोग गरिने औषधि भियाग्राले क्यान्सर कोषहरूको फैलावट रोक्न मद्दत गर्न सक्ने एक अध्ययनले पत्ता देखाएको छ । यो अलि अचम्मलाग्दो लाग्ला, तर प्रारम्भिक अनुसन्धानले यस्ता सङ्केतहरू फेला पारेको छ । यद्यपि, यसमाथि थप अध्ययन आवश्यक रहेको अनुसन्धानकर्ताहरू विश्वास गर्छन् ।
वैज्ञानिकहरूका अनुसार, भियाग्रामा रहेको सिल्डेनाफिलले शरीरमा क्यान्सर फैलिने क्षमतालाई कमजोर बनाउन सक्छ । यतिमात्रै होेइन, अनुसन्धानले त भियाग्रामा रहेको सिल्डेनाफिलले क्यान्सर कोषहरूलाई फैलिनबाट रोक्ने पनि भनेको छ । किनकि यसलाई फैलिन कोलेस्ट्रोल चाहिन्छ । यस्तोमा भियाग्रामा पाइने तत्वले यस प्रक्रियामा हस्तक्षेप गर्न सक्छ ।
अनुसन्धान अनुसार, सिल्डेनाफिलले फस्फोडिएस्टेरेज टाइप ५ नामक इन्जाइमलाई रोक्छ । यसले शरीरमा सीजीएमपी नाम गरेको सिग्नलिङ अणु बढ्छ । यो बढेको अणुले रक्तनलीहरूलाई फराकिलो बनाउँछ र लिङ्गमा रक्त प्रवाह बढाउँछ, जसले गर्दा भियाग्रा प्रभावकारी हुन्छ । यस प्रक्रियामा वैज्ञानिकहरूले सीजीएमपी एउटा यस्तो प्रोटिनसँग जोडिएको हुन्छ, जसले कोषहरूभित्र कोलेस्ट्रोल पुर्याउने काम गर्दछ भन्ने पत्ता लगाए । यसबाट क्यान्सर कोषहरूले ठिकसँग कोलेस्ट्रोल पाउँदैनन् । कोलेस्ट्रोलको कमीले क्यान्सर कोषको फैलिने क्षमतालाई कमजोर बनाउन सक्छ, तर यसबारे व्यापक अनुसन्धान बाँकी छ ।
भियाग्राले क्यान्सरको जोखिम कम गर्छ, तर यसको मतलब यो उपचार भने होइन । यो अनुसन्धान अझै प्रारम्भिक चरणमा छ । त्यसैले कुनै पनि निर्णय लिनु अघि थप अनुसन्धान आवश्यक छ । यदि तपाईं क्यान्सरबाट पीडित हुनुहुन्छ भने तपाईंले डाक्टरसँग नियमित जाँच गराउनु पर्छ र आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्छ । डाक्टरसँग परामर्श नगरी सामाजिक सञ्जालमा देख्ने कुनै पनि कुरालाई अपनाउनु हुँदैन । यसले तपाईंको अवस्था बिग्रन सक्छ ।
(अस्वीकरणः सल्लाहसहितको यो सामग्रीले सामान्य जानकारीमात्र प्रदान गर्दछ, थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।)

