धनगढी: दक्षिण कोरियाका ४५ वर्षका पुरुषले प्रेमिकाविरुद्ध मुद्दा हाले । मुद्दाको प्रकृति थियो– उनले डेटमा प्रेमिकामाथि खर्च गरेका थिए । ब्रेकअप गरेकोले त्यो खर्च फिर्ता पाऊँ भन्ने उनको लाइन थियो । तर, कोरियाली अदालतले उनको मागदाबी नपुग्ने फैसला मात्रै गरेन, उल्टै उनलाई जरिवाना पनि गरायो ।
अनुमतिबिना पूर्वप्रेमिकाको आवाश क्षेत्रमा प्रवेश गरेको भनेर उनलाई जरिवाना गराइएको छ । कोरियाली अखबार कोरिया हेराल्डका अनुसार ती युवाले आफ्नो माग जायज भएको भन्दै प्रतिवाद गर्दै आएका छन् । उनले ६१ वटा एसएमएस तथा कैयौँ कल गरेर पैसा मागेको बताइएको छ ।

