धनगढी । कैलालीको गोदावरी नगरपालिका–५ गेटामा शहीद संघारी भीमदत्त पन्तको शालिक अनावरण गरिएको छ । गेटा स्थिति मोहना अत्तरिया ६ लेन सडक सँगै जोडिएको शहीद संघारी भीमदत्त पन्त सामुदायिक वनमा शालिक अनावरण गरिएको हो ।
उक्त शालिक शहीद संघारी भीमदत्त पन्त सामुदायिक वन उपभोक्ता समूहले नै विभिन्न दाताबाट रकम सङ्कलन गरेर निर्माण गरेको वनका अध्यक्ष अमृत लाल डगौरा थारुले बताए ।
शालिकको आइतबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले अनावरण गर्दै सुदूरपश्चिमका ऐतिहासिक व्यक्तित्वको शालिक अनावरण गर्न पाउँदा निकै खुसी लागेको बताए ।
उनले भीमदत्त पन्त जनताको हक र हितका लागि लडेको व्यक्तित्व भएको बताउँदै उनले समाज परिवर्तनका लागि लागेका मानिसहरूले भीमदत्त पन्तको अनुसरण गर्नुपर्ने बताए ।

उनले शालिकको उचाइ सडक भन्दा होचो भएकाले यसको उचाइ बढाउनका लागि नगरपालिकाले गर्ने सक्ने सहयोग गर्न तयार रहेको बताए ।
लक्ष्मण राज पन्तले २५ वर्ष अघि शहीद भीमदत्त पन्तको नामा स्थापना गरिएको वनले विभिन्न दाताको सहयोगमा शालिक अनावरण गरिएको बताए । उनले राना थारुको बाहुल्यता भएको वनमा सहिद भीमदत्त पन्तको नाम सँगै संघारी जोडिएको बताए ।

