धनगढी । सर्पदंशबाट कैलालीमा एक युवकको मृत्यु भएको छ भने बालिका घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार खेतमा काम गरिरहेको अवस्थामा आइतबार राति करिब ९ बजे सर्पले डस्दा कैलारी गाउँपालिका–५ जबदहवा गाउँका २९ वर्षीय हेमन्त चौधरीको ज्यान गएको हो ।
सर्पले डसेपछि चौधरीलाई उपचारका लागि राति १० बजे धनगढीस्थित सेती प्रादेशिक अस्पताल पु¥याइएको थियो । उपचारकै क्रममा राति १०ः४० मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
यसैगरी, गोदावरी नगरपालिका–१० खमौराका मानबहादुर विकका ६ वर्षीया छोरी मिस्टी सर्पको टोकाइबाट घाइते हुनुभएको छ । घरमा सुतिरहेको अवस्थामा सोमबार बिहान ४ बजे बालिकालाई नचिनेको सर्पले दाहिने खुट्टामा टोकेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । बालिकालाई उपचारका लागि ७ बजे सेती प्रादेशिक अस्पताल पु¥याइएको छ । उहाँको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
गर्मीयाममा सर्प दुुलोबाट बाहिर निस्किने, झाडीबाट मानिसको घरतिर आउने भएकाले सर्पदंशबाट जोगिन सतर्कता अपनाउनु पर्ने सर्प उद्धारकर्ताले जोड दिदैं आएका छन् ।

