कैलालीः सवारी ज्यान मुद्दामा फरार धनगढीका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा २० दिन कैद सजाय र २ सय जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका-७ पटेला बस्ने वर्ष ३५ को पन्चराम चौधरीलाई प्रहरी चौकी कनरी, कैलालीबाट खटिएको प्रहरीले सोमबार दिउँसो उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

