धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवान भेटिएका छन्।
मृत भेटिनेमा प्रहरी जवान राजेन्द्र सिंह सामन्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टले जानकारी दिए। उनकाअनुसार सामन्त बुधबार बिहान १० बजेतिर धनगढी उपमहानगरपालिका–२ सन्तोशी टोलस्थित खोल्सामा मृत अवस्थामा भेटिएका हुन्। उनी रुखमा झुन्डिएको अवस्थामा भेटिएपनि घटनाबारे थप अनुसनधान भइरहेको छ। घटनास्थल कार्य सकेर मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। प्रदेश प्रहरी कार्यालय कार्यरत सामन्त धनगढीमै डेरा गरेर बस्दै आएका थिए।

