धनगढी: विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) को निधन भएको छ । पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परेर उनको निधन भएको हो । पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले शनिबार सामाजिक सञ्जालमार्फत शोक वक्तव्य जारी गर्दै उनको निधन भएको पुष्टि गरेको हो । वक्तव्यमा ब्रोड पिकमा आएको हिमपहिरोमा परेर पुर्जाले ज्यान गुमाएको उल्लेख गरिएको छ ।
संस्थाका अनुसार उक्त दुर्घटनामा पुर्जाका भरपर्दा आरोहण साझेदार तथा गाइड पुरबहादुर गुरुङ ९युक्ता० र निमा शेर्पाको पनि मृत्यु भएको छ । साथै, टोलीका अन्य केही सदस्यले पनि दुर्घटनामा ज्यान गुमाएका छन् । इलाइट एक्सपेडले जारी गरेको वक्तव्यमा यस घटनालाई पर्वतारोहण समुदायका लागि अपूरणीय क्षति भएको उल्लेख गर्दै दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । शोक वक्तव्यमा कम्पनीले भनेको छ, ‘गहिरो दुःख र अपार पीडाका साथ ब्रड पिकमा गएको हिमपहिरोपछि निर्मल ‘निम्सदाई’ पुर्जाले दुःखद रूपमा ज्यान गुमाएको पुष्टि गर्दछौँ ।’
४३ वर्षीय पुर्जासहितको टोली बिहीबारको हिमपहिरोमा परेका हुन् । हिमपहिरोमा बेपत्ता १० मध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए । ४ जनाको शव भने शुक्रबार नै फेला परेको जनाइएको थियो । पुर्जा सन् २०१९ मा आफ्नो ‘प्रोजेक्ट पसिबल’ अभियानमार्फत विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल ७ महिनामै आरोहण गर्ने लक्ष्य लिएर चर्चामा आएका थिए । धनगढी विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा ९निम्स दाइ० को निधन भएको छ । पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परेर उनको निधन भएको हो ।
पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले शनिबार सामाजिक सञ्जालमार्फत शोक वक्तव्य जारी गर्दै उनको निधन भएको पुष्टि गरेको हो । वक्तव्यमा ब्रोड पिकमा आएको हिमपहिरोमा परेर पुर्जाले ज्यान गुमाएको उल्लेख गरिएको छ । संस्थाका अनुसार उक्त दुर्घटनामा पुर्जाका भरपर्दा आरोहण साझेदार तथा गाइड पुरबहादुर गुरुङ ९युक्ता० र निमा शेर्पाको पनि मृत्यु भएको छ । साथै, टोलीका अन्य केही सदस्यले पनि दुर्घटनामा ज्यान गुमाएका छन् ।
इलाइट एक्सपेडले जारी गरेको वक्तव्यमा यस घटनालाई पर्वतारोहण समुदायका लागि अपूरणीय क्षति भएको उल्लेख गर्दै दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । शोक वक्तव्यमा कम्पनीले भनेको छ, ‘गहिरो दुःख र अपार पीडाका साथ ब्रड पिकमा गएको हिमपहिरोपछि निर्मल ‘निम्सदाई’ पुर्जाले दुःखद रूपमा ज्यान गुमाएको पुष्टि गर्दछौँ ।’ ४३ वर्षीय पुर्जासहितको टोली बिहीबारको हिमपहिरोमा परेका हुन् । हिमपहिरोमा बेपत्ता १० मध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए । ४ जनाको शव भने शुक्रबार नै फेला परेको जनाइएको थियो ।
पुर्जा सन् २०१९ मा आफ्नो ‘प्रोजेक्ट पसिबल’ अभियानमार्फत विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल ७ महिनामै आरोहण गर्ने लक्ष्य लिएर चर्चामा आएका थिए ।

