धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभा सदस्यले दिएको सुझाव अनुसार सरकारले आगामी बजेट ल्याउने बताउनुभएको छ ।
नीति तथा कार्यक्रमको सन्दर्भमा उठेको विषयमा प्रदेश सभामा जवाफ दिँदै उहाँले सुझाव अनुसार बजेट ल्याउने बताउनु भएको हो । उहाँले नीति तथा कार्यक्रमको सवालमा आएका सुझावलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभयो ।
यसैगरी, प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३ ( ८४ का लागि प्रदेश सभामा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।


