बैतडी: बैतडी जिल्लाको पुर्चौडी नगरपालिका १० मा रहेको रौलेश्वर माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई ट्र्याक सुट र विद्यालयलाई औषधि सहयोग गरिएको छ। बिहिवार आयोजित एक कार्यक्रममा खान पुगोस् दिन पुगोस अभियान नेपालले रौलेश्वर माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई ट्र्याक सुट सहयोग गरेको हो ।
सहयोग अभियानमार्फत संकलित रकम र धनगढीको निसर्ग हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले आफ्नो र श्रीमतीको जन्मदिनको अवसरमा गरि बैतडी जिल्लाको पुर्चौडि नगरपालिका १० मा रहेको रौलेश्वर माध्यमिक विद्यालयमा अध्यनरत १ सय ७६ विद्यार्थीलाई ट्र्याक सुट र शैक्षिक सामाग्री सहयोग गरिएको अभियानका संयोजक घनश्याम भट्टले जानकारी दिएका छन् ।
संयोजक भट्टले अभियानलाई सहयोग गर्नेलाई धन्यवाद व्यक्त गर्दै अभियानलाई निरन्तर अघि बढाइने बताए। यस्तै धनगढीको नवजीवन अस्पतालले उक्त कार्यक्रममा विद्यालयलाई औषधि सहयोग गरेको छ । विद्यालयका प्रधानाध्यापक राजेन्द्र महराले विद्यालयमै पुगेर अभियानमार्फत विद्यालयलाई सहयोग गर्ने सहयोगी संस्था तथा व्यक्तिहरूप्रति आभार व्यक्त गरे।
उक्त कार्यक्रममा वडा जनप्रतिनिधि, खान पुगोस् दिन पुगोस् अभियान नेपालका सदस्य, अभिभावक, वडाका विभिन्न संस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थीको सहभागी रहेको थियो ।



