धनगढी । जिल्ला प्रहरी कार्यालय बाजुराका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक प्र.ना.उ. शैलेश्वरी बोहराले कार्यालयको साप्ताहिक निरीक्षण सम्पन्न गर्नुभएको छ।
निरीक्षणका क्रममा कार्यालय परिसरभित्र रहेका प्यारामिटर, विभिन्न शाखा, हिरासत कक्ष, मेस, क्यान्टिन, व्यारेक लगायतका संरचनाको अनुगमन गरिएको थियो। साथै प्रहरी कर्मचारीहरूको व्यक्तिगत टर्नआउट, अनुशासन तथा कार्यसम्पादन अवस्थाको समेत निरीक्षण गरिएको कार्यालयले जनाएको छ।
निरीक्षणका क्रममा कार्यालय प्रमुख बोहराले सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन निर्देशन दिनुभएको थियो। उहाँले प्रहरी कर्मचारीहरूलाई अनुशासन, पेशागत आचरण, सरसफाइ तथा जिम्मेवारीपूर्ण ढंगले कार्यसम्पादन गर्न आग्रह गर्नुभएको बताइएको छ।

कार्यालयको समग्र व्यवस्थापन, सुरक्षा अवस्था तथा कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यले नियमित रूपमा साप्ताहिक निरीक्षण कार्यक्रम सञ्चालन हुँदै आएको जनाइएको छ।


