धनगढी: नेपालका रवीन्द्र ढाँट यूएफसीको छनोट प्रतियोगिता रोड टु युएफसीमा विजयी भएका छन् । मिक्स मार्सल आर्ट्स (एमएमए) खेलाडी ढाँटले ब्यान्टमवेट विधाको क्वाटरफाइनलमा फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजोनलाई पराजित गरेका हुन् ।
योसँगै उनी सेमिफाइनलमा प्रवेश गरेका छन् ।


