धनगढी । माइतीघर मण्डलामा सुधन गुरुङलाई पुनर्वहाली गर्नुपर्ने भन्दै धर्नामा बसिरहेकी शोभा पाठकमाथि आक्रमण भएको छ ।
एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतले पाठकमाथि आक्रमण गरेको बताइएको छ । पाठक, रस्मिला धामी लगायतका युवतीहरू माइतीघरमा सुधन गुरुङलाई पुनर्वहाली गर्नुपर्ने भन्दै धर्नामा बसिरहेका थिए । सोही क्रममा अम्बिका दलबलसहित आएर उनीहरूमाथि झम्टिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
अम्बिका त्यहाँ आइपुगेपछि पाठकसँग घम्साघम्सी परेको थियो । दुई महिलाबीचको भिडन्त छुट्याएर प्रहरीले अम्बिकासहित केही महिलालाई नियन्त्रणमा लिएको छ ।
शोभा पाठक केही दिनअघि महेश बस्नेतलाई कारबाही हुनुपर्ने भन्दै अनशन बसेकी थिइन् । तत्कालीन गृहमन्त्री सुधन गुरुङ उनलाई भेट्न पुगेका थिए । सुधनले पदबाट राजीनामा दिएसँगै शोभाले पनि अनशन तोडिन् । अहिले उनको पुनर्वहालीको माग गर्दै आएकी छन् । आजको घटनाको थप विवरण आउन बाँकी छ ।


