धनगढी । कैलालीमा प्रहरीले एक महिनाको अवधिमै ठुलो परिणाममा लागू औषध चरेस र खैरो हिरोइन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पुस महिनाको अवधिमा जिल्लाबाट ९ किलो ८२४ ग्राम ७१० मिलिग्राम चरेस र ८२ ग्राम ६९९ मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ ।
उक्त मात्रामा लागू औषध पक्राउ गर्ने क्रममा ४२ जना पक्राउ परेको जिल्लाका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता राज कुमार सिंहले बताए । पक्राउ पर्नेमा २ महिला र ४० पुरुष रहेका छन् । जिल्लामा पुस महिनामा अपराधका १२४ मुद्दा दर्ता भएका छन् ।
जसमा ज्यान सम्बन्धी १०, आत्महत्या सम्बन्धी १३, चोरी सम्बन्धी १, संगठिन तथा आर्थिक अपराधका ६२, सामाजिक अपराधका १४, महिला तथा बालबालिका सम्बन्धी अपराधका ७, सवारी ज्यानका १४ र अन्य ४ मुद्दा गर्दा भएको प्रवक्ता सिंहले बताए । जसमा आर्थिक अपराध ९बैङ्किङ कसुरका २६ मुद्दा दर्ता भएका छ । दर्ता गरिएका मुद्दाका ८४ जना पक्राउ परेको र ३४ जना पक्राउ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

