धनगढी। धनगढी उपमहानगरपालीका वडा नम्बर १८ मा रहेको फूलवारी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाब अनिश्चित बनेको छ। त्रिभुवन विश्वविद्यालयले चैत्र ५ गतेका लागी तोकेको चुनाब आन्तरिक बिवादका कारण अनिश्चित बनेको हो । निमित्त क्याम्पस प्रमख रुद्र काफ्लेले विद्यार्थी भर्ना लगाएतका विषयमा विद्यार्थी संगठनहरुले बिरोध जनाउंदा चुनाब अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी दिए ।
क्याम्पसका निर्वाचन अधिकृत श्याम जोशीले १४३ जना विद्यार्थीको नाम समेट्दै अन्तिम मतदाता नामावली सार्वजनिक गरेको बताए । क्याम्पसले सार्वजनिक गरेको मतदाता नामावलीमा समावेश गरिएका मध्ये २१ जना विद्यार्थीले क्याम्पसमा भर्ना शुल्क तिरेका थिएनन् । भर्ना शुल्क नतिरेका विद्यार्थिलाई समावेश गरि मतदाता नामावली सार्वजनिक गरेको भन्दै केही विद्यार्थि संगठनले विरोध गरेपछि सहमति जुटाउन नसक्दा क्याम्पसले चुनाब अनिश्चतकालका लागी स्थगीत गर्नुपरेको अधिकृत जोशीले बताए । उनले सर्वपक्षीय बैठकबाट सहमति जुटाएर चुनाबी प्रकृया अगाडी बढाउन प्रयास गर्ने बताए ।
फूलबारी बहुमुखी क्याम्पसको आर्थिक अवस्था निकै कमजोर र विद्यार्थि संख्या अत्यन्तै न्यून हुनु पनि आर्थिक संकटको कारण रहेको बताए।धनगढी उपमहानगरपालिका वडा न १८ ले चालु आर्थिक बर्ष २०७९/८० बाट वडा भित्रका क्याम्पसमा अध्यनरत प्रथम बर्षका विद्यार्थिको भर्ना शुल्क तिर्ने निर्णय गरेको थियो। सोही अनुसार क्याम्पसमा निर्वाचन घोषणा हुनु एक महिना पहिले नै वडाले क्याम्पसमा अध्ययनरत वडाका विद्यार्थिको भर्ना शुल्क भु्त्तानी लिन पत्राचार गरेको अध्यक्ष भुवन रिजालले बताए। तर क्याम्पस प्रशासनले वडाले पत्राचार गर्दा पनि विद्यार्थि भर्नाको समय बांकि नै रहेकाले भुक्तानीको प्रकृया अगाढी नबढाएको निमित्त क्याम्पस प्रमुखले बताए।
त्रिभुवन विश्वविद्यालयको निर्वाचन कार्यतालिका अनुसार फागुन १९ गते सम्म विद्यार्थि भर्नाको अन्तिम म्याद रहेको थियो । क्याम्पसको निर्वाचन कमिटिले जम्मा १४३ जना विद्यार्थिलाई समावेश गर्दै अन्तिम मतदाता नामावली सार्वजनिक गरेको थियो । नामावली सार्वजनिक पछि केही विद्यार्थि संगठनले मतदाता नामावलीमा समावेश गरिएका मध्ये २१ जना विद्यार्थि क्याम्पसमा भर्ना नभएको भन्दै क्याम्पसले फर्जि विद्यार्थिको नाम समावेश गरेको आरोप लगाउंदै विरोध जनाएका थिए । केही विद्यार्थी संगठनले मतदाता नामावलीमा विरोध जनाएपछि क्याम्पसले सहमति गराउने प्रयास गर्दा असफल भएपछि चुनाब अनिश्चितकालका लागि स्थगित गर्न बाध्य भएको क्याम्पसका नि प्रमुखले बताएका छन्।
यस्तैत्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनसम्बन्धी निर्देशिका, २०७९ को नियम ६ को उपदफा ६ अनुसार फूलबारी बहुमुखी क्याम्पसले सार्वजनिक गरेको नामावलीमा नाम समावेश भएका २१ जना विद्यार्थी फर्जि नै देखिएको बताइएको छ। नियम ६ को उपदफा ६ मा स्पष्ट लेखिएको छ ,“विद्यार्थी भर्ना हुदां प्रत्येक विद्यार्थीको छ्ट्टाछुट्टै बैङ्क भौचर दाखिला गरी भर्ना भएको विद्यार्थिको नाम मात्र मतदाता नामावलीमा समावेश गरिनेछ ।’
तर प्रथम बर्षमा अध्ययनरत २१ जना विद्यार्थीले भर्ना शुल्क नबुझाएको क्याम्पस प्रशासनले समेत स्वीकार गरेको छ ।


