कैलाली। सत्ता गठबन्धनले प्रतिनिधि सभा निर्वाचनका लागि टिकटको भागबन्डा लगभग फाइनल गरेको छ । केही क्षेत्रमा मात्रै गठबन्धनले टिकटको भागबन्डा टुंग्याउन बाँकी रहेको छ । हालसम्म १५७ निर्वाचन क्षेत्रको भागबन्डा टुंगिएको छ। गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरूको निरन्तर छलफलपछि सिट बाँडफाँटको विषयमा सहमति जुटेको हो।
जस अनुसार सुदुरपश्चिममा कांग्रेसले पाउने निर्वाचन क्षेत्रमा टिकटको भागबन्डा अनुसार कञ्चनपुर ३,कञ्चनपुर २, डडेलधुरा, दार्चुला, कैलाली १, ४, ५,अछाम २, र बाजुरा छन् । यस्तै माओवादीले पाएको निर्वाचन क्षेत्रमा अछाम १,
कैलाली २ र ३ ,बैतडी, कञ्चनपुर १ छन् भने अछाम १ मा सहमतिको प्रयास जारी छ। यस्तै एकीकृत समाजवादीले सुदूरपश्चिममा ३ सिट पाउने भएको छ। जस अनुसार एकीकृत समाजवादी पाएको निर्वाचन क्षेत्र अछाम १, बझाङ, डोटी छ। भने अछाम १ मा विवाद भएकाले सहमति प्रयास जारी छ।सम्बन्धित थप समाचार हेर्नुहोस् ।
गठबन्धनमा सिट बाँडफाँटमा लगभग जुट्यो सहमति, कुनले कहाँ पाए?(सूचीसहित)