गठबन्धनमा सिट बाँडफाँटमा लगभग जुट्यो सहमति, कुनले कहाँ पाए?(सूचीसहित)

काठमाडौँ। लामो समयसम्मको निरन्तर छलफलपछि सत्ता गठबन्धनको सिट बाँडफाँटमा लगभग सहमति जुटेको छ । सत्ता गठबन्धनमा आवद्ध पाँच दल: नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी(जसपा)का शीर्ष नेताहरूले निरन्तर छलफल पश्चात् सिट बाँडफाँटलाई करिब सहमति नजिक पुर्याएका हुन् । बुधबार रातिसम्म भएको छलफलले केही क्षेत्रका थोरै सिटबाहेक सबै क्षेत्र सहमति टुङ्ग्याएको हो । जसअनुसार हालसम्म नेपाली कांग्रेसले ८३ सिट, नेकपा माओवादी केन्द्रले ३६ सिट, नेकपा एकीकृत समाजवादीले १४ सिट, जनता समाजवादी पार्टीले १३ सिट र राष्ट्रिय जनमोर्चाले २ सिट लिने सहमति भएको गठबन्धन निकट स्रोतले जानकारी गराएको छ ।