धनगढी। धनगढीको समैजी स्टोरको कर छली गरे/नगरेको राजश्व कार्यालयद्धारा छानबिन जारी रहेको छ। बुधबार आन्तरिक राजश्व कार्यालयको टोलीले समैजी स्टोर धनगढीमा छापा हानेको थियो । कार्यालयको टोलीले स्टकमा राखिएको सामानको विवरण संकलन गरिरहेको आन्तरिक राजश्व कार्यालयका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलले जानकारी दिए।
उनले समैजी स्टोरमा गोदममा भण्डारण गरेर राखेको सबै सामानको विस्तृत विवरण संकलन गर्न काम पूरा भइसकेको बताएका छन् । अब समैजी स्टोरले राजश्व कार्यालयले बुझाएको स्टकको विवरणसँग गोदाममा छापा हानेर संकलन गरेको विवरण भिडाउने काम भइरहेको जानकारी दिएका छन् । उनले समैजी स्टोरले कार्यालयमा बुझाएको कागजपत्रअनुसार संकलन गरिएको विवरण भिडाएपछि मूल्याङ्कन गरेपछि मात्रै थाहा हुने बताए । एकिन मूल्यको बारेमा समैजी स्टोरले कर छली गरे÷नगरेको कुरा पनि मूल्याङ्नपछि त्यसपछि मात्रै थाहा हुने बताए ।