कैलाली। नेपाल प्रगतिशील प्राध्यापक संगठन केन्द्रीय सचिव नेतृत्वकाे टाेलीद्वारा ज्ञापनपत्र पेश गरिएको छ ।
नेपाल प्रगतिशील प्राध्यापक संगठन केन्द्रीय समिति सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज मान बहादुर जोराको नेतृत्वमा उपकुलपतिलाई ६ बुँदे ज्ञापनपत्र बुझाइएको छ। केन्द्रीय समिति सदस्यहरू बिश्वबिद्धालयको संगठनको केन्द्रीय क्याम्पस इकाई समितिको टोलीले आज उपकुलपति प्रा.डा.अम्मराज जोशीलाई ६ बुँदे ज्ञापनपत्र बुझाइएको हो।
ज्ञापनपत्र बुझाउदै संगठनको केन्द्रीय सचिव जोराले बिबिध माग सहित उपकुलपति जोशीको ध्यानाकर्षण गराएका छन् । सो क्रममा संगठनका सदस्यहरू तथा केन्द्रीय क्याम्पस इकाईका अध्यक्षले पनि महत्त्वपूर्ण कुरा राखेका छन्। यसका साथै कैलाली बहुमुखी क्याम्पस लगायतका अन्य क्याम्पसको समायोजन प्रक्रिया यथाशीघ्र अगाडि बढाउन जोडदार माग गरिएको छ। आंशिक तथा करार शिक्षकहरुको व्यवस्थापनको बारेमा बिश्वबिद्धालय एक कदम अगाडि बढ्नुपर्ने कुरा ध्यानाकर्षण गरिएको छ। बिश्वबिद्धालयको बृहत्तर शैक्षिक बिकासको बारेमा संगठनले निरन्तर भूमिका खेल्ने कुरा राखेको सचिव जोराले जानकारी गराएका थिए।


