कञ्चनपुर। नेपाली काङ्ग्रेस कञ्चनपुरको कृष्णपुर वडा नम्बर ४ को अध्यक्षमा भक्त बहादुर खत्रीको उम्मेदवारी दर्ता गराएका छन् । बैशाख ३० गते हुन गइरहेको स्थानिय तह निर्वाचनकालागी वडा नम्बर ४ को अध्यक्ष पदमा आज उम्मेदवारी दर्ता गराएका हु्न् ।
खत्री लामो समय नेपाली काङ्ग्रेसको कृयाशिल सदस्य रहि कृष्णपुर नगरपालिकाको पुर्ब नगर सभापति भैसकेका थिए। हाल कंचनपुर क्षेत्र न ४ का क्षेत्रीय कोषाअध्यक्ष समेत रहेका भक्त ब खत्रीलाइ नेपाली काङ्ग्रेसले वार्ड नम्बर ४ को अध्यक्ष पदमा सिफारिस गरेको हो ।
पार्टीले सिफारिस गरेसँगै सभापति खत्रीले वडा न ४को वडा अध्यक्षको लागि उम्मेदवारि दर्ता गराएका छन । लामो समयदेखि राजनीतिमा सक्रिय खत्री समाजसेवामा पनि उत्तिकै संलग्न छन । लामो समयदेखी गरेको सेवा र योगदानलाई जनताले अवस्य स्थान दिनेछन भन्ने उनको भनाइ रहेको छ ।