बझाङ। बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार बिहान ६ बजेर ३ मिनेटमा बझाङमा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए ।
बझाङको सैनापसेला भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्युटको भूकम्प गएको हो । भूकम्पको धक्का बझाङसहित छिमेकी जिल्ला दार्चुला, बझाङसम्म पुगेको थियो । भूकम्पका कारण क्षति भए/नभएको विवरण भने आएको छैन ।