काठमाडौं। निर्वाचन आयोगले निर्वाचनमा प्रयोग हुने सामग्री हेलिकोप्टर, ट्रक, कन्टेनरबाट ढुवानीका लागि फर्मरकम्पनी सूचीकृत गर्न आग्रह गरेको छ।
स्थानीय तहको निर्वाचनमा प्रयोग हुने निर्वाचन सामग्रीहरू ढुवानी गर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा ३८ बमोजिम हेलिकोप्टर, ट्रक र कन्टेनरबाट ढुवानी गर्न तथा कुरियर सेवा सञ्चालन गर्ने फर्मरकम्पनी सूचीकृत गर्नुपर्ने भएकाले सो सूचना जारी गरेको आयोगले जनाएको छ।
हेलिकोप्टर भाडामा लिन करिब ३ करोड खर्च हुनेछ। यस्तै ट्रकरकन्टेनर भाडामा लिन एक करोड तथा कुरियर सेवाका लागि ३० लाख खर्च हुने बताइएको छ। आयोगले पछिल्लो तीन आर्थिक वर्षको न्यूनतम औसत वार्षिक कारोबार रकमलाई आधार मानेर इच्छुक फर्म तथा कम्पनीलाई सूचीकृत हुन आग्रह गरेको छ।
आयोगले सूचना जारी गर्दै सात दिन भत्र दर्ताका लागि आह्वान गरेको हो। सूचीकृतका लागि ढुवानी तथा कुरियर सेवा सञ्चालनका लागि इजाजत प्रमाणपत्र र तीन आर्थिक वर्षको कारोबार अंक खुलेको प्रमाणपत्र संलग्न गर्न आयोगको आग्रह छ। कुरियर सेवा प्रदान गर्न इच्छुक फर्मरकम्पनीले आफ्नो कुरियरको कार्यालय र प्रतिनिधि ७७ वटै जिल्लामा रहेको टेलिफोनरमोबाइल नम्बरसहितको विवरण निवेदनसाथ पेस गर्नपर्ने सूचनामा उल्लेख छ। स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुँदै छ।


