धनगढी। नेपाली कांग्रेस कैलालीको १४ औँ अधिवेशन अन्तर्गत मतगणना अहिले जारी छ । आज ढिलोगरि सुरु भएको मतगणनामा अहिलेसम्म १ हजार ८ सय १० मतगणनामा गरिसकेको निर्वाचन समितीले जनाएको छ।
निर्वाचन समितिका अनुसार २ हजार ५७६ प्रतिनिधिमध्ये २ हजार ४८५ मतदाताले मतदान गरेकोमा १ हजार ८ सय १० मतगणना गरिसकेको निर्वाचन समितीले जनाएको छ। जस अनुसार अहिलेसम्म जिल्ला सभापतिमा प्रकाशबहादुर बमले अग्रता कायमै राखेका छन्। क्रमशः बमले ८४४, नारायणदत्त भट्टले ७५२ र रामबहादुर कलेलले १७४ मत पाएका छन्।
आइतबार मतदान सके लगत्तै मतगणना गर्ने भनिएपनी अबेर रातिसम्म सहमति हुन नसकेपछि सोमबार बिहान गर्ने भनिएकोमा सहमति जुट्न नसकेपछि मतगण्ना ढिला गरी सुरु भएको थियो । आज साढे २ बजेदेखि मतगणना सुरु भएको थियो। अहिले सभापतिको मात्रै मतगणना भइरहेको छ।पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसके दोस्रो चरणमा १८ गते मतदान हुने निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले जानकारी दिएका छन् ।


