नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीका कारण सत्तारुढ गठबन्धन भत्किने अवस्था सिर्जना भएको बताएका छन् । उनले भोलिसम्ममा सरकार र गठबन्धनको छिनोफानो हुने बताएका छन् ।
एमालेलले धनगढीमा आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुुखीकरण कार्यक्रममा सहभागी हुन धनगढी पुगेका पाण्डेले पत्रकारसँगको कुराकानीमा एमसीसीका कारण सत्तारुढ गठबन्धन भत्किने अवस्था सिर्जना भएको बताए ।
संसदबाट एमसीसी पारित हुने र गठबन्धन फरक–फरक कुरा हुन् तर अहिलेको अवस्थामा गठबन्धन रहने÷नरहने विषय एउटै बन्न पुुगेको उनले बताए । पाण्डेले भोलिसम्म गठबन्धन र सरकारको छिनोफानो हुने दावी गरेका छन् ।
पाण्डेले आफूूहरू सरकारमा दाबी नगर्ने तर कांग्रेससँग सहकार्य भएमा सहमतिमा प्रदेश सरकारका बारेमा सोच्न सकिने उनले बताए । पाण्डेले अहिले व्याख्यात्मक घोषणासहित संसदबाट एमसीसीपास गर्ने कुरा सुुन्नमा आएको उल्लेख गर्दै अमेरिकाले उक्त कुरालाई स्वीकार नगर्ने बताए ।
एमालेले एमसीसीबारे सत्तारुढ दलहरूको धारणा मागिरहेकाले त्यसपछि मात्र आफ्नो धारणा सार्वजनिक गर्ने उनको भनाइ छ
उनले सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूमा सडक पनि मेरो, सरकार पनि मेरो भन्ने प्रवृत्ति देखिएकाले अब देश नयाँ कोर्षमा अगाडि बढ्ने बेला भइसकेको जानकारी दिए ।

