कैलाली। नेपाली काँग्रेस कैलालीको नयाँ नेतृत्व चयनकालागि जिल्ला सभापतिमा तीन जनाको उम्मेदवारी परेको छ। नेपाली काँग्रेस कैलाली जिल्ला निर्वाचन समितिका अनुसार आज मनोनयन दर्तामा जिल्ला सभापतिमा संस्थापन पक्षबाट दुई र इतर पक्षबाट एक प्यानलको उम्मेदवारी परेको हो।
यही फागुन १५ गते आइतबार हुने जिल्लाको नयाँ नेतृत्वका लागि संस्थापन पक्षका नारायणदत्त भट्ट र प्रकाशबहादुर बम तथा इतर पक्षबाट रामबहादुर कलेलको उम्मेदवारी परेको हो। नेपाली काँग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि त्रिपक्षिय प्रतिस्पर्धा हुने भएको छ। जिल्ला सभापतिमा दाबी गर्दै आएका नेता भीम बडुवाल भने पछि हटेका छन्।
उनले संस्थापन पक्षबाट सभापतिका उम्मेदवार नारायणदत्त भट्टको प्यानलबाट उपसभापतिमा उम्मदेवारी दिएका हुन्। उनको प्यानलाट उपसभापतिमा रामप्रशाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले उम्मेदवारी दिएका छन्। यस्तै बम प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्ट, सचिवमा नृप सुनार थर्क शाह, सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्काको उम्मेदवारी परेको छ। यस्तै इतर पक्षको कलेल प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय “आगो“, सचिवमा देवानन्द जैशी र नवराज जोशी, सहसचिवमा रविन्द्रप्रताप सिह र तीर्थराज जोशीको उम्मेदवारी परेको छ।अधिवेशन अन्तर्गत शनिवार मनोनयन दर्ता भएको छ । भोली मतदान हुनेछ। यहाँ हेर्नुहोस कुन पदमा कसको उम्मेदवारी




