कैलाली। नेपाली काँग्रेस कैलालीको आइतबार (यही फागुन १५ गते) हुने जिल्ला अधिवेशनको सरगर्मी बढेको छ।
आज (शनिबार) उम्मेदवारको मनोनयनको दर्ता रहेको छ। जिल्ला नेतृत्वका लागि आकांक्षी देखिएका नेताहरु दौडधुपमै व्यस्त छन्।संस्थापन पक्षबाट जिल्ला सभापतिका लागि वर्तमान उपसभापति प्रकाशबहादुर बम, पूर्वउपसभापति नारायणदत्त भट्ट, खेम चौधरी र भीम बडुवालले उम्मेदवारी घोषणा गरेका छन् ।
कैलाली सभापतिका लागि संस्थापन इतर भन्दा पनि संस्थापन पक्षमा इगोको लडाई सुरु भएको छ। यस्तै संस्थापन इतरबाट पूर्वसचिव रामचरण चौधरी र नेता रामबहादुर कलेलले आकांक्षा देखाएका छन्। नारायणदत्त भट्ट समूहले संस्थापनको आधिकारिक टिम आफ्नो भएको दाबी गरेको छ। कैलालीमा रहेका सबै केन्द्रीय सदस्यहरुले पनि भट्टलाई साथ दिने बताईरहेका छन्।
‘प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको इच्छा पनि भट्टलाई जिल्ला सभापति बनाउने छ,’ काँग्रेस कैलालीका एक नेताले भने, ‘कैलालीमा रहेका सबै केन्द्रीय सदस्यहरुले पनि भट्टलाई साथ दिने बताएका छन्।’ ती नेताका अनुसार कैलालीमा रहेका केन्द्रीय सदस्यले सभापतिमा भट्टलाई सहयोग गर्ने निर्णय नै गरिसकेका छन् ।
यसअघिसम्म बमको पक्षमा देखिएका धनगढी उपमहानगरपालिका मेयर तथा पार्टीका केन्द्रीय सदस्य नृपबहादुर वड अहिले भट्टको पक्षमा खुलिसकेका छन् । वडसंगै केन्द्रीय सदस्य तथा धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्ट, केन्द्रीय सदस्य जीवन राना, प्रदेशसभा सदस्य टेकबहादुर रैका, पूर्व क्षेत्रीय सभापति हरिश खड्का, अहिलेका सभापति भीम पडाल, नगर सभापति यज्ञराज उपाध्याय, क्षेत्र नम्बर ४ का सभापति बसन्त रोकाया लगायतका नेताहरु भट्टको चुनावी कार्यक्रममा सहभागि हुन थालेका छन् ।
यता काँग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री नर नारायण शाह मनु भने नेता प्रकाश बमको पक्षमा खुलेर प्रचारमा लागेका छन्। शाह जिल्ला सभापतिको उम्मेदवार हुँदा भट्टले लगातार असहयोग गरेका कारण उनी भट्टलाई कुनै पनि अवस्थामा साथ नदिने पक्षमा छन् । बमको प्यानलबाट जिल्ला सचिवमा नृप सुनारले उम्मेदवारी दिने बताएका छन् । जिल्ला सभापतिका उम्मेदवार बमले संस्थापनको आधिकारिक प्यानल आफ्नै भएको दाबी गरे। ‘मलाई केन्द्रीय सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाको सहयोग छ,’ उनले भने, ‘म उहाँहरुकै सहयोगमा उम्मेदवार भइरहेको छु ।’ यता जिल्ला सभापतिका अर्का उम्मेदवार भीम बडुवालले पनि शेरबहादुर देउवाले सहयोगको बचन दिएको दाबी गरेका छन्।
‘पटकपटक सभापतिबाट सहयोगको आश्वासन पाएको छु,’ बडुवालले भने, ‘कार्यकर्ताको साथले पहिलो चरणमै जित्ने विश्वास छ।’ संस्थापन इतर पक्षले भने रामबहादुर कलेललाई उम्मेदवार बनाउने तयारी गरेको छ । भट्ट प्यानलबाट सचिवमा अमृत विसी र केशव मिश्रको दावी रहेको छ भने बम प्यानलबाट भने नृप सुनार र कृष्ण पाण्डेको दावी छ। यता जिल्ला सभापतिका अर्का उम्मेदवार भीम बडुवालले पनि शेरबहादुर देउवाले सहयोगको बचन दिएको दाबी गरेका छन्। ‘पटकपटक सभापतिबाट सहयोगको आश्वासन पाएको छु,’ बडुवालले भने, ‘कार्यकर्ताको साथले पहिलो चरणमै जित्ने विश्वास छ।’ यस्तै चुनावी सरगर्मी बढ्दै जाँदा काँग्रेस कैलालीभित्र विभिन्न चर्चा चल्न थालेको छ । ‘केन्द्रीय नेतृत्वले जिल्ला सभापतिमा नारायणदत्त भट्टलाई चाहेको भए पनि वर्तमान जिल्ला नेतृत्व भने भट्टलाई सहयोग गर्न तयार छैन,’ काँग्रेस कैलालीका एक नेताले भने, ‘भट्टको साथमा देखिएका कतिपय नेताले चुनावमा भने अन्यलाई नै सहयोग गर्ने सम्भावना पनि छ।’ काँग्रेस कैलालीको चुनाव १५ गतेलाई तय गरिएको छ । आज शनिबार मनोनयनको तालिका छ ।निर्वाचन कार्यतालिका…



