धनगढी। धनगढी ३ शहिद गेटबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन् ।
आज साँझ सवा ६ बजे धनगढी उपमहानगरपालिका ३ शहिद गेट स्थित शहिद गेटबाट बोराडाडी तर्फ जाँदै गरेको ध.उ.म.न.पा.६८६ नम्बरको अटोलाई शंका लागी चेकजाच गर्दा लागुऔषध भेटिएको हो।
धनगढी उप-महानगरपालिका ३ बस्ने एकेन्द्र बिष्टले चलाई राखेको अटोलाई अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटीएको प्रहरी टोलीले शंका लागी चेकजाच गर्दा अटो चालकको सिट मुनि लुकाई छिपाई राखेको अवस्थामा ८८ ट्याब्लेट नाईट्रोभेट र २८ ट्याब्लेट स्पास भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको हो।
सो लागुऔषध सहित अटोमा सवार धनगढी ३ का २० बर्षीय सुरेन्द्र कोली, धनगढी ३ कै प्रकाश बिक र अटो चालक गरी ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरु ३ जनालाई पक्राउ गरि लागुऔषध मुद्दामा थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ।


