कञ्चनपुर। कञ्चनपुरमा पसलबाट चोरी गर्ने २ जना पक्राउ परेका छन्। कञ्चनपुरको भिमदत्त नगरपालिका वडा न. १८ स्थित पदम रैकालको पसलबाट सामान चोरी गर्ने २ जना पक्राउ परेका हुन्।
यहि माघ २१ गते राति भीमदत्त नगरपालिका–१८ स्थित पदम रैकालको पसलबाट चाउचाउ,बिष्कुट,गुट्खा लगायत बिभिन्न सर-समान चोरी भएको सूचना प्राप्त हुना साथ उक्त घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयबाट खटिएको सयुक्त प्रहरी टोलिले बुधबार पक्राउ गरेको हो।
पसलबाट सामान चोरी गरेको आरोपमा सोही वडाका विशाल चौधरी र शाहिल धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। चोरी भएका सर–समानसहित पक्राउ परेका उनीहरुमाथि अदालतबाट ५ दिन म्याद थप लिइ अनुसन्धान भइरहेको जनाइएको छ।


