काठमाडौँ। नेपाली कांग्रेसका प्रभावशाली युवा नेता विश्वप्रकाश शर्माले चाडैं नै उम्मेद्बारी घोषणा गर्ने भएका छन ।
उनले सामाजिक संजाल लेख्दै भनेका छन-आफूले पहिले नै प्रवक्ताबाट रिटायर्ड हुन आएको होइन भनेर भन्ने गरेको स्मरण गराउदै, उम्मेदवारी घोषणा कहिलेरु शुभचिन्तक मित्रहरू, पार्टी पंक्ति र प्रेसको प्रश्न र जिज्ञासाप्रति आभारी छु।
उनले वडा अधिवेशनु सुरु भएको आजको दिन सबै उम्मेदवारलाई शुभकामना दिदै चाँडै नै मैदानमा हुनेछु, भनेका छन । साथै उनले शुभेच्छा र साथ सहयोगको गर्न समेत आग्रह गरेका छन । प्रधानमन्त्री शेर बहादुर देउवाका बिश्ववास पात्र रहेका शर्मालाई महामन्त्रीको उम्मेदवार हुने धेरैले आकलन समेत गरेका छन्।
तर, देउवा पक्षबाट पदाधिकारीमा धेरै नेताहरुले आकाक्षा देखाएका छन र देउवालाई महामन्त्री कसलाइ बनाउने भन्ने सकश पर्न सक्ने कांग्रेस जनहरु बताउछन । कांग्रेसको बिधानमा २ जना महामन्त्रीमा निर्वाचित हुने विधानले व्यवस्था गरेको छ। उनले कांग्रेसको पदाधिकारी तथा महामन्त्रीमा उम्मेद्बारी दिने कांग्रेस बृतमा चर्चा चलेको छ । तर उनि भन्दा पनि पुराना तथा सिनेर नेता पाटीमा भएका कारण उनलाई त्यति सहज भने छैन।
नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेद्बारी दिने र प्रतिष्पर्धा गरेर थप जिम्मेवारी वहन गर्न चाहेको घोषणा गरि सकेका छन । युवा पुस्ताले अभिभारा वहन गर्ने आँट गर्नु पर्छ भन्ने आम कांग्रेसका नेता कार्यकर्ताले भन्दै आएका छन । हाल बिश्व प्रकाश शर्मा नेपाली कांग्रेसको केन्द्रिय प्रवक्तामा रहेका छन ।