काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता तथा राष्ट्रिय सभाका पुर्व माननिय सदस्य बद्री प्रसाद पाण्डेले युवा पुस्ताले अभिभारा वहन गर्ने आँट गर्नु पर्ने बताए।
उनले सामाजिक संजालमा लेख्दै भनेका छन – आज नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले १४ औं महाधिवेशनमा महामन्त्रीमा प्रतिष्पर्धा गरेर थप जिम्मेवारी वहन गर्ने घोषणा संगै नेता बांँस्कोटाको सक्रिय राजनीतिबाट माथि उठेर राष्ट्रसेवामा थप समर्पित हुने घोषणाको सन्देशलाई हामीले सकारात्मक रुपमा लिनु पर्ने बताए उनले पाको पुस्ताले अभिभावकत्वको सम्मानजनक बाटो रोज्नुपर्ने समेत बताए ।
उता युवा नेता थापाले आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन। आज काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्ने क्रम मा नेता थापाले सो कुराको खुलासा गरेका हुन। तर नेता थापाले भने कुन समुहबाट महामन्त्री पदको उम्मेदवारी हुने बारे त्यो भने खुलाउन चाहेनन ।
त्यसै गरि पुर्व गृह राज्यमन्त्री समेत रहि सकेका नेपाली कांग्रेसका नेता दीप प्रकाश बासकोटा एक बिज्ञप्ती जारी गर्दै आफू ७४ बर्षको भएको हुदा अबको बाकी जीवन सक्यि राजनीति जीवन भन्दा राष्ट्रसेवामा थप समर्पित हुने घोषणा गरेका हुन ।