काठमाण्डौँ । नेकपा (एमाले) को विवाद समाधानका लागि गठित कार्यदलको बैठक फेरि स्थगित भएको छ । बिहीबार बिहान केहीबेर बसेर स्थगित भएको बैठक साँझ सिंहदरबारमा केहीबेर बसेर स्थगित भएको हो । साँझको बैठकमा विषयवस्तुमा प्रवेश नगरेको कार्यदल सदस्य घनश्याम भुसालले बताए ।‘विगतमा धेरैपटकको अनौपचारिक छलफलबाट केही एजेन्डा तय गरेका थियौं । तर, विभिन्न कारणले गएको १० दिनदेखि हामीले खास, ठोस प्रगति गरेका छैनौं । आज बिहान बसेका थियौं । त्यसबाट साँझ सार्यौं । अब भोलि बिहान साढे ११ बजे बस्ने भनिएको छ,’ भुसालले भने । यसअघि अन्य सदस्यहरुले कार्यदल सहमति नजिक पुगेको दाबी गरेका थिए ।अर्का कार्यदल सदस्य सुवास नेम्वाङले पनि कार्यदल कुनै टुंगोमा नपुगेको बताए । ‘आज टुंगोमा पुगिसकेका छैनौं । आजसम्म जे भएको छ, भोलि बस्ने बैठकले सबै टुंगोमा पुग्छ भन्नेमा आशावादी छौं,’ नेम्वाङले भने ।
एमाले कार्यदलको बैठक फेरि स्थगित
एमाले कार्यदलको बैठक फेरि स्थगित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

