काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् । कीर्तिपुरस्ति त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्ससँगको खेलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।
लुम्बिनी लिग चरणमा ७ खेलमा ५ जित, १ हार र १ बराबरीसहित शीर्ष स्थानमा हुँदै क्वालिफायरमा प्रवेश गरेको हो भने सुदूरपश्चिम ७ खेलमा ५ जित र २ हारसहित तालिकाको दोस्रो स्थानमा हुँदै क्वालिफायरमा पुगेको हो । मैदानमा दर्शकको बाक्लो उपस्थिति छ भने आ–आफ्नो टिमलाई समर्थन गर्दै जर्सी र टिमको झण्डा बोक्दै रमाइरहेका छन् ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ५१ बलमा १ छक्का र ३ चौकासहित ५२ रनको अर्धशतकीय पारी खेले । यस्तै इशान पाण्डेले ३३ बलमा ३ चौकासहित २७ रन बनाए । दुई जना ब्याटरले बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । लुम्बिनीका रुवेन ट्रम्पलमेन र शेर मल्लले समान २ तथा अभिषेश गौतम र अभिषेश गौतमले समान १ विकेट लिए ।
खेल केहीबेरमा सुरु हुँदैछ ।


