धनगढीः ९ दिनदेखि कैलालीको घोडाघोडीका एक किशोर बेपत्ता भएका छन्।
कैलालीको घोडाघोडी नगरपालिका–९ रतिपुरका १६ वर्षीय मिलन शाही गत आइतवार ८ गतेदेखि बेपत्ता भएको उनको पारिवारिक स्रोतले जनाएको छ। आइतवार नै उनी कामको खोजीका लागि अत्तरीयाको एक होटलमा देखिएको र फेरी सम्पर्कबिहीन भएको परिवारले जनाएको छ।
बेपत्ता शाहीको खोजीका लागि प्रहरी तथा स्थानीयवासीलाई सहयोग गरिदिन आग्रह गरिएको छ। उनलाई कतै देखेमा वा उनको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न तथा सम्पर्क नम्बर ९७६५३५४६६८ जानकारी गराइदिन अनुरोध गरिएको छ।


