काठमाण्डौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङका श्रीमान् थोमस नेपाल आएका छन् । जर्मनका नागरिक उनी मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालहुँदै नेपाल आइपुगेका हुन् । बिहान १० बजे नेपाल आइपुग्नुपर्नेमा २ घण्टाअगावै नेपाल पुगेका थिए । उनलाई एक समर्थकले देखेपछि सांसद तामाङलाई फोन गरेर जानकारी गराएका थिए । फोनमा ती समर्थकले ‘सांसद तामाङको हजुरबुबा आएको’ भन्दै जानकारी गराएका थिए ।
विमानस्थलमा श्रीमान् थोमसको स्वागत गरिएको भिडियोमा सांसद आशिकाले उनी आफ्नो हजुरबुबा नभएर हजबेन्ड भएको बताएकी छन् ।

