धनगढी । सब डिभिजन वन कार्यालय फूलबारीको परिसरमा पार्किङ गरी राखिएको सरकारी नम्बर प्लेटको मोटरसाइकल चोरी भएको छ।
गएराति करिब १ बजेतिर कार्यालय परिसरमा पार्किङ गरी राखिएको से १ ब ५९० नम्बरको होन्डा साइन मोटरसाइकल चोरी भएको हो।
सब डिभिजन वन कार्यालय फूलबारीमा कार्यरत वनरक्षक मानबहादुर रोकायाले मोटरसाइकल चोरी भएको जानकारी दिएका छन्।
चोरी भएको मोटरसाइकल तथा चोरीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको रोकायाले बताए। उनका अनुसार बहुलिया इलाका प्रहरी कार्यालय, फूलबारी मार्फत घटनाको अनुसन्धान तथा खोजी कार्य भइरहेको छ।

