धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट र पूर्व मुख्यमन्त्री कमलबहादुर शाहबिच भेटवार्ता भएको छ । भेटको क्रममा मुख्यमन्त्री भट्ट र शाहबिच समसामयिक राजनीतिक विषयसँगै सुदूरपश्चिम प्रदेशको वर्तमान अवस्था तथा प्रदेशको विविध विषयमा समेत छलफल भएको छ ।
मुख्यमन्त्री भट्टले पूर्व मुख्यमन्त्री शाहको स्वास्थ्य अवस्थाबारे जानकारी लिदैँ शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलका नेतासमेत रहनुभएका शाह नसासम्बन्धी समस्याबाट ग्रसित हुनुहुन्छ ।
उहाँले भारत नयाँ दिल्लीमा उपचार गराउँदै आउनुभएको छ । सो अवसरमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाशबहादुर रावल, पूर्वमन्त्री वीरबहादुर थापा, शिवराज भट्टको उपस्थिति रहेको थियो ।

