धनगढी । प्रहरीले कञ्चनपुरको महेन्द्रनगरबाट कटुवा पेस्तोल सहित चार युवकलाई नियन्त्रणमा लिएको छ । महेन्द्रनगर बजारको दक्षिण तर्फ रहेको सालघारी क्षेत्रबाट प्रहरीले कटुवा बन्दुक सहित चार जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतले सालघारी सडक क्षेत्रमा शङ्काका आधारमा सोमबार साँझ वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले चार युवकहरूमाथि सोधपुछ गरिएको थियो ।
उनीहरूको गतिविधिमाथि शङ्का लागेपछि प्रहरी टोलीले कैलालीको गोदावरी नगरपालिका–१ का २० वर्षीय पारस रोकाया, बेलडाँडी गाउँपालिका–३ कञ्चनपुरका १८ वर्षीय विपिन सिंह, सोही ठाउँका २० वर्षीय नितेश सिंह र कृष्णपुर–६ का २० वर्षीय राजेन्द्र सिंह गोयलामाथि सोधपुछ गरेको थियो ।
सोधपुछका क्रममा उनीहरूको मोबाइल फोनमा गरिएको चेकजाँचका क्रममा अनावश्यक फोटो तथा कटुवा बन्दुकको फोटो, भिडियो प्रहरीले फेला पारेको थियो । थप अनुसन्धान गर्दा भीमदत्त नगरपालिका–१८ मामाभान्जा चोकमा डेरा गर्दे बस्दै आएका बेलडाँडीका विपिनको कोठाबाट प्रहरीले एक थान कटुवा पेस्तोल फेला पारेको हो ।
खानतलासीका क्रममा पेस्तोल समेत बरामद गरेपछि चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाइएको प्रनाउ रावतले जानकारी दिए । नुभयो ।

