काठमाडौं । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दार्चुलाको तपोवन आसपास क्षेत्रलाई केन्द्र बिन्दु बनाए भूकम्प गएको हो ।
केन्द्रका अनुसार आइतबार बिहान ११ बजेर ५५ मिनेट जाँदा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।


