धनगढी। डडेल्धुरामा मतगणना सुरु भएको छ । परशुराम नगरपालिकाबाट मतगणना थालिएकोमा अहिलेसम्म ४ हजार ६८४सय मत गणना भएको छ ।
त्यहाँ रास्वपाका तारा जोशीले अग्रता लिएका छन् । उनले १६२७ मत पाएका छन् ।
यस्तै, नेकपाका मानसिंह मालले १०९७ र कांग्रेसका नैनसिंह महरले १०५१ मत पाएका छन् । नेकपा एमालेका चक्र स्नेहीले ५५१ मत पाएका छन् । डडेल्धुरा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो ।

