धनगढी । निर्वाचन आयोगले भोलि फागुन २१ हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
मतदानका लागि मतदान स्थल र मतदान केन्द्र तयार गर्ने काम भइरहेको छ । सुदुरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रका सबै मतदान स्थल र केन्द्रमा निर्वाचन कर्मचारी र सुरक्षाकर्मचारी पुगिसकेका छन् ।

अहिले मतदान स्थलमा मतदाता परिचयपत्र वितरण, नामहरू रुजु गर्ने, मतदानको समयमा हुलहुज्जत नहोस् भनेर महिला पुरुषका लागि छुट्टाछुट्टै लाइन बस्ने ठाउँहरू तयार पार्ने काम भइरहेको छ ।

